नवौं राष्ट्रिय खेलकुदः महिला भलिबल आजदेखि



पोखरा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तरगत म्याग्दीको बेनीमा आज बिहिबारदेखि महिला भलिबल प्रतियोगिता सुरु हुदैछ ।

बेनीको खुल्ला मञ्चमा दिउँसो २ बजे उद्घाटन हुने प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी र सुदुरपश्चिम प्रदेश भिड्दैछन् । जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीका अनुसार लिग कम नक आउटमा खेलाईने प्रतियोगिताका लागि सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

सात प्रदेशसहित नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए । समुह १ र २ मा तीन/तीन र समुह ३ र ४ मा २/२ वटा टिम रहेका छन् । पाँच दिनसम्म संचालन हुने प्रतियोगितामा कुल १६ खेल सञ्चालन हुनेछन् ।

महिला भलिबलसँगै शुक्रबारदेखि म्याग्दीमा तेक्वान्दोका खेलहरु समेत सुरु हुदैछन् ।प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापक ११ टिमका ६१७ जना म्याग्दीमा आउदैछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja