नवलपुरको दाउन्नेमा पहिरो जाँदा तीन घर विस्थापित



पोखरा

केही दिनदेखि लगातार परेको वर्षाका कारण पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा पहिरो जाँदा तीन घर विस्थापित भएका छन् भने पूर्वपश्चिम राजमार्गमा एकतर्फी यातायात सञ्चालन भएको छ ।

लगातारको वर्षाको कारण दाउन्ने पहाडको तल्लो भागमा पहिरो जाँदा राजमार्ग आसपासको क्षेत्रमा जमिन चर्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सन्तोष पाठकले बताए ।

पहिरोको उच्च जोखिम भएपछि दाउन्ने बजारमा रहेका तीनवटा घरका स्थानीय विस्थापित भएका छन् । पहिरो नियन्त्रणका लागि सुरक्षा निकाय र सडक विभागलाई जानकारी गराइएको र सम्भावित दुर्घटनालाई मध्यनजर गरेर एकतर्फीरुपमा यातायात सञ्चालन गरिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja