पर्वतमा भरुवा बन्दुकसहित एक युवक पक्राउ 



पोखरा

पर्वतमा घरेलु हतियारसहित एक युवा पक्राउ परेका छन् ।

पर्वतको पैयु गाउँपालिका वडा नं.६ साधने बस्ने २१ वर्षीय बम क्षेत्रीलाई घरमा सोमबार दिउँसो ४ बजे अवैध रुपमा घरेलु हतियार भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । उनका साथबाट प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ ।

क्षेत्रीलाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja