दसैँको समयमा लमजुङमा २ सय सवारी कारबाहीमा



पोखरा

नेपालीहरुको महान चाड दसैँको समयमा लमजुङमा करिव २ सय सवारी कारबाहीमा परेका छन् ।

फुलपातीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म १ सय ९४ जटा सवारी कारबाहीमा परेका छन् । सवारी कारबाहीबाट १ लाख २४ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

उक्त अवधीमा १९ वटा ट्रक-टिपर कारबाहीबाट ११ हजार ५०० रुपियाँ, ७ वटा बस कारबाहीबाट ४ हजार, ५० वटा कार-जिप कारबाहीबाट ३१ हजार राजस्व संकलन भएको छ । ९ वटा ट्याक्टर कारबाहीबाट ६ हजार, ९६ वटा मोटरसाइकल कारबाहीबाट ६४ हजार ५०० रुपियाँ, १३ वटा अन्य सवारी कारबाहीबाट ७ हजार रुपियाँ राजस्व संकलन भएको छ । 

कार्यालयका अनुसार असोज १६ गते फुलपातीको दिन २५ वटा सवारी कारबाहीमा परेको छ । १६ हजार राजस्व संकलन भएको छ । असोज १७ गते २० वटा सवारी कारबाहीबाट १२ हजार ५०० रुपियाँ राजस्व संकलन भएको छ । असोज १८ गते २७ वटा सवारी कारबाहीबाट १८ हजार, असोज १९ गते २५ वटा सवारी कारबाहीबाट १७ हजार रुपियाँ राजस्व संकलन भएको छ ।

असोज २० गते २९ वटा सवारी कारबाहीबाट १८ हजार ५००, असोज २१ गते २४ सवारी कारबाहीबाट १६ हजार ५००, असोज २२ गते २१ सवारी कारबाहीबाट १२ हजार रुपियाँ, असोज २३ गते २३ वटा सवारी कारबाहीबाट १३ हजार ५०० रुपियाँ राजस्व संकलन भएको छ ।

न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja