आइटिएफ तेक्वान्दो प्रतियोगिता बागलुङको प्रतिष्ठासँग जोडिएको छ



पोखरा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आइटिएफ तेक्वान्दो प्रतियोगिता बागलुङको प्रतिष्ठासँग जोडिएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बागलुङमा हुने आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारीको आज  बाङ्गेचौरस्थित कभर्डहलको स्थलगत अवलोकन गर्दै उनले तेक्वान्दो प्रतियोगिताको तयारीलाई चुस्त पार्न निर्देशन दिए । 

उनले आइटिएफ तेक्वान्दो प्रतियोगिता बागलुङमा गर्नु र बागलुङका खेलाडीले गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगितामा धेरै पदक प्राप्त गर्नुले जिल्लाको प्रतिष्ठासँग उक्त खेल जोडिएको बताए ।

“पहिलोपटक बागलुङमा राष्ट्रिय खेलकुदअन्तर्गतको आइटिएफ प्रतियोगिता हुन गइरहेको छ, यो बागलुङको प्रतिष्ठासँग जोडिएको विषय हो”, उनले भने,  “जिल्लामा आएका देशभरका खेलाडीले बागलुङ चिन्ने मौका दिनुपर्दछ ।”

मन्त्री पौडेलले खेलकुद प्रतियोगिताको तयारी, खेलाडी व्यवस्थापनलगायत विषयमा स्थलगत अवलोकन गरेको आइटिएफ नेपालका केन्द्रीय सचिव तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । 

यही असोज २९ गतेदेखि यहाँ सञ्चालन हुने तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, तीन विभागीय गरी १० टोलीका दुई सय ५० खेलाडी, ४५ रेफ्री तथा करिब ५० जना टिम कोच र अफिसिएल तथा म्यानेजर सहभागी हुनेछन् ।

प्रतियोगिताको तयारीका लागि बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । 

जिल्लामा पहिलो पटक आयोजना हुन लागेको सो प्रतियोगितामा खेलाडीले ४५ स्वर्ण,  ४५ रजत र ३० कास्य गरी कूल एक सय २० पदकका लागि प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja