रेशम चौधरीको स्थानमा उनको बुवा लालवीर चौधरी चुनाव लड्ने



पोखरा

नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी खारेज भएको बर्दिया क्षेत्र नम्बर २ मा उनको बुवा चुनाव लड्ने भएका छन् ।

चौधरीको उम्मेदवारी खारेज हुनसक्ने पूर्वानुमान गरेर उनका बुवा लालवीर चौधरीले स्वतन्त्र रुपमा बर्दिया क्षेत्र नम्बर २ मै उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगले मंगलबार चौधरीको उम्मेदवारी खारेज गरिदिएको थियो । रेशम चौधरीकी श्रीमती एवम् नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले अब बर्दिया क्षेत्र नम्बर २ मा रेशम चौधरीका बुवा निर्वाचन लड्ने बताइन् ।

टीकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका रेशम चौधरी र सोही घटनामा फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ । चौधरीले बर्दिया–२ मा र थारुले कैलाली–५ मा उम्मेदवारी दिएका थिए ।

चौधरी र थारु दुवैको उम्मेदवारी खारेज भएको छ । मनोनयन दर्ता गर्दा नै रेशम चौधरीलाई पार्टीबाट र उनका बुवा लालवीर चौधरीलाई स्वतन्त्रबाट उम्मेदवार बनाइएको थियो । अहिले रेशम चौधरी निर्वाचनमा होमिन नपाउने भएपछि उनका बुवालाई उम्मेदवार बनाइएको नागरिक उन्मुक्तिका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja