पर्वतमा वर्षाका कारण यस वर्ष धान उत्पादनमा कमी आउने 



पोखरा

बेमौसमको लगातारको वर्षाका कारण पर्वतमा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ ।

वार्षिक झन्डै २७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेकामा वर्षाको प्रभावले यस वर्ष केही कम हुन सक्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख मनिता थापाले बताए । 

असारको सुरुआतमै रोपिएको धानमा बाला लागिसकेको भए पनि वर्षाको अभावले ढिला गरी रोपिएको ठाउँमा धानको फूल लाग्ने बेला वर्षाले असर गर्ने उनको भनाइ छ । भारी वर्षा हुँदा धानमा लागेको फूल झर्दा परागसेचन हुन नपाउने तथा बाला लागिसकेको धान ढलेर पानीमा डुबेको अवस्थामा बाला कुहिने भएकाले औसतभन्दा कम धान उत्पादन हुन सक्ने अनुमान गरिएको हो । 

उनका अनुसार विश्वमा करिब तीन चौथाइभन्दा बढी फूल फुल्ने बिरुवालाई परागसेचनको आवश्यकता पर्दछ । करिब ७५ प्रतिशतभन्दा बढी फूलहरूको परागसेचन कुनै न कुनै जीवजन्तु वा कीराहरूले गर्ने गर्दछन् । जिल्लाका कतिपय कृषकहरूले वर्षासँगैको हावाहुरीले धान ढलाएको बताएका छन् ।

वर्षा भइरहेको बेलामा सामान्य हावासमेत चलेका कारण डाँडामा रहेको खेतमा लगाइएको धान ढलेको कृषकको भनाइ छ । पसाइसकेको धान ढलेको भएमा त्यसको बाला कुहिने भएकाले धान उत्पादनमा कमी आउन सक्ने कार्यालय प्रमुख थापाको भनाइ छ ।

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक वासुदेव रेग्मीका अनुसार ११ जिल्ला रहेको गण्डकीका नौ धान उत्पादन हुने गरेको छ । मुस्ताङ र मनाङमा भने धान खेती हुने गरेको छैन । सबै जिल्लामा गरेर यस वर्ष कूल एक लाख तीन सय हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती लगाइएको अनुमान छ । देशभर नै एकनासले वर्षा भएका कारण सबै जिल्लाको धान खेती वर्षाका कारण प्रभावित भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja