मनास्लु पदमार्गको दर्जनभन्दा बढी ठाउँमा पहिरो 



पोखरा

बेमौसमी वर्षाले मनास्लु पदमार्गको दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेको छ ।

चुमनुव्री गाउँपालिका-६ र ७ का दुई वडामा आउजाउ ठप्प बनेको छ । चुमनुव्री-६ को चुम्चेतस्थित लोक्पा भीरमा पुन पहिरो खसेको छ । लोक्पा पहिरोका कारण दुई महिनादेखि दुई वडामा उपभोग्य सामग्री ढुवानी हुन सकेको छैन ।

लोक्पा भीरसँगैको सर्दिभीरमा रहेको क्यान्टिलिभर (भीर खोपेर बनाएको) पुल पनि पहिरोले क्षतिग्रस्त बनाएको लोक्पाका सेराप गुरुङले बताए । ‘क्यान्टिलिभर पुलबाट तत्काल हिँड्न मिल्दैन, सर्दिभीरबाट झरेको ढुंगा र गेग्रानले वाल भत्काएको छ, पुलको बार र प्लेटहरू पनि कुच्चिएका छन्,’ उनले भने ।

लोक्पाभिरको पहिरो छल्दै शनिबार स्थानीयले सर्दिभीर पुगेर क्यान्टिलिभर पुलको अवस्थाबारे यकिन गरेका हुन् । ‘लोक्पाको पहिरो थामिएन, नजिकैको क्यान्टिलिभर पुलबाट पनि घोडा र खच्चड हिँड्न नसक्ने भयो,’ गुरुङले भने, ‘वर्षा रोकिए पुलमा काठको फल्याक राखेर जबर्जस्ती भए पनि आउजाउ गर्न सक्छन् कि, नत्र यसलाई मर्मत गर्न निकै समय लाग्छ ।’ लोक्पा पहिरोले आउजाउ ठप्प बन्दा दुई वडामा चामल, नुन, तेललगायतका उपभोग्य सामग्रीको अभाव हुन थालेको छ ।

त्यस्तै मनास्लु पदमार्गअन्तर्गत दर्जनबढी ठाउँमा पहिरो गएको छ । चुमनुव्री-३ स्थित निगालोघारीमा पुन: पहिरो जाँदा आउजाउमा समस्या थपिएको छ । ‘साना पहिरो ३०/४० ठाउँमा गएका होलान्, मान्छे वलजबस्ती हिँडिरहेका छन्,’ वडाध्यक्ष रामकुमार गुरुङले भने, ‘अब पानी रोकिएपछि पहिरो पन्छाउन सुरु गर्छौँ ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja