राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालबाट डिस्चार्ज



पोखरा

स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

ज्वरो आउने, बान्ता हुने, जीउ दुख्ने लगायतका समस्या भएपछि गत शनिबार शिक्षण अस्पताल भर्ना भएकी थिइन । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

उपचारमा संलग्न डा. निरज बमले स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरेको बताए । कोभिड १९ पोजेटिभ आएकोमा पाँच दिनको अब्जरभेसन सकिएपछि डिस्चार्ज गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja