नेपाली चेस टोली आज बंगलादेश प्रस्थान



पोखरा

शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसीपमा सहभागी हुने नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गरेको छ ।

१२ देखि २१  अक्टोबरसम्म ढाकामा सम्पन्न हुने प्रतियोगितामा नेपालको तर्फबाट पाँच खेलाडी तथा एक आर्विटर गरी ६ जनाको सहभागिता रहने छ प्रतियोगितामा फिडेमास्टर विलमलाल श्रेष्ठ तथा रिजेन्द्र राजभण्डारी, भेट्रान खेलाडी राजेन्द्रप्रसाद श्रेष्ठ तथा सिंगेश्वर दास र राजेन्द्र बज्राचार्यको सहभागिता रहेको छ ।

पूर्वराष्ट्रिय च्याम्पियनसमेत रहेका विलमलाल, रिजेन्द्र राजभण्डारी तथा राजेन्द्रप्रसाद श्रेष्ठ नेपालको तर्फबाट विभिन्न ओलम्पियाडमा समेत सहभागिता जनाइसकेका खेलाडी हुन् । प्रतियोगितामा अन्तर्राष्ट्रिय आर्विटर निरञ्जन प्रजापति निर्णायकको भूमिकामा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja