हिमाली जिल्ला मनाङमा ९ जनाको उम्मेदवारी



पोखरा

हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा र प्रदेश सभाका गरी प्रत्यक्षतर्फ ९ जनाले मनोनयन दर्ता गराएका छन् । एउटा प्रतिनिधिसभा र २ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको मनाङमा प्रतिनिधिसभातर्फ एमालेका पोल्देन छोपाङ गुरुङ, कांग्रेसका टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मख्या गुरुङले उम्मेदवारी दिएका छन् ।

प्रदेश सभा ‘क’ मा एमालेका राजनबहादुर गुरुङ, गठबन्धनको समर्थनमा माओवादी केन्द्रका कपिल लामा, कांग्रेसका मुनिन्द्रजङ गुरुङ र राप्रपाका मिफेल धिन्दु लामाले मनोनयन दर्ता गराएका छन् । प्रदेश सभा ‘ख’ मा राजीव गुरुङ (दीपक मनाङे) र दोर्जे लामा गुरुङको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताए ।

२०७४ को निर्वाचनमा एमाले समर्थनमा मनाङ प्रदेश सभा ‘ख’ बाट कांग्रेस उम्मेदवारलाई हराउादै चुनाव जितेका राजीव गुरुङ (दीपक मनाङे) ले पुनः एमाले समर्थनमा मनाङ प्रदेश ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको सरकारमा गण्डकी प्रदेश युवा तथा खेलकुदमन्त्री रहेका उनले आफू यसअघि एमालेकै समर्थनमा निर्वाचित भएको र अहिले पनि एमाले नै रहेकाले एमालेकै समर्थतमा उम्मेदवार बनेको बताए । उनले गठबन्धन ‘उहिल्यै’ छोडेको दाबी गरे ।

प्रदेश सभा ‘ख’ मा उम्मेदवारी दिएका उनलाई कांग्रेसले पनि समर्थन गरेको बताएको छ । तर, स्वतन्त्र उम्मेदवार अरु १ जनाले पनि मनोनयन दर्ता गराएपछि उनी निर्विरोध हुन भने पाएका छैनन् । मंसिर ४ गते हुन लागेको निर्वाचनमा मनाङमा ३ हजार २ सय ८१ पुरुष र ३ हजार ४ सय ९८ महिला गरी कुल ६ हजार ७ सय ७९ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja