स्याङ्जामा कांग्रेसद्वारा प्यानल नै उम्मेद्वारी दर्ता



पोखरा

नेपाली कांग्रेसले स्याङ्जामा प्रतिनिधिसभा तथा गण्डकी प्रदेशमा प्यानल नै उम्मेद्वारी दर्ता गराएको छ । आशन्न मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उत्साहपूर्वक जनसमर्थन बीच कांग्रेसको प्यानल उम्मेद्वारी दर्ता गराएको हो । 

नेपाली कांग्रेसले देशभर गठबन्धन गर्ने निर्णय गरेपनि पार्टीका केन्द्रीय उपसभापति धनराज गुरुङकै गृह जिल्लामा केन्द्रको निर्णय कार्यान्वयन भएन । स्थानीय तहको निर्वाचनलाई हेर्दा कांग्रेसको राम्रो पकड देखिएकोले स्याङ्जामा गठवन्धन नगर्ने निर्णय गरिएको बताइन्छ । केन्द्रबाट अन्य दललाई टिकट दिने घोषणा भएसंगै स्याङ्जामा कांग्रेसद्वारा चर्को विरोध भएको थियो । 

नेता, कार्यकर्ताले स्याङ्जामा गठवन्धन गरिए ठूलो दुर्घटना हुने र त्यसको जिम्मेवारी केन्द्रले लिनुपर्ने चेतावनी दिएका थिए । कांग्रेस स्याङ्जाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका उम्मेद्वारले सजिलैसँग जित्ने दावी गर्दै अन्य दलसंग गठवन्धन नगर्ने घोषणा गरेको हो । 

‘हाम्रा उम्मेदवार जनताले विश्वास गरेका उम्मेदवार चयन गरेका छौं, यसमा कुनै संकोच छैन, विगतमा उनीहरुले पार्टी र सामाजिक क्षेत्रमा पुर्याएका योगदानका आधारबाट आएका हुनाले र स्याङ्जा जिल्ला नेपाली कांग्रेसको गढ भएको हुँदा पनि निर्वाचनमा सजिलैसँग जित हुन्छ’, कांग्रेसका एक नेताले भने ।

पार्टीको केन्द्रीय समितिले स्याङ्जा-१ (क) मा माओवादी केन्द्र र २ (क) मा एकीकृत समाजवादीलाई सिट छाड्ने निर्णय गरेपनि स्याङ्जाका नेता-कार्यकर्ताले विद्रोह गर्ने चेतावनी दिएको थियो ।

कांग्रेस बाहेक अरुलाई भोट नदिने बरु विकल्प खोज्न तयार हुने आवाज आएपछि स्याङ्जा जिल्लाबाट गठबन्धनमा भाग नलिइ कांगेसले एक्लै चुनावी मैदानमा उत्रिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja