मेमेपोखरी गएर फर्किने क्रममा हराइरहेकी युवतीको शव फेला



पोखरा

लमजुङको ऐतिहासिक एवं पर्यटकीय मेमेपोखरी गएर फर्किने क्रममा बुधबारदेखि हराइरहेकी युवतीको शव फेला परेको छ । 

बेंसीसहर नगरपालिका १०, साँधु माइत भएकी तामाङको शनिबार दोर्दी गाउँपालिका र मर्स्याङ्दी गाउँपालिकाको सीमा क्षेत्र जुम्रोडाँडा क्षेत्रमा शव फेला परेको हो ।श्रीमान्‌को शव भएको ठाउँभन्दा करिब १५ मिनेट तल शनिबार मध्याह्नतिर शर्मिलाको शव भेटिएको डीएसपी प्रकाश श्रीमलले बताए ।

सर्लाहीको लालबन्दी नगरपालिका १२, पत्थरकोटका २७ वर्षीय बुद्धिमान योञ्जन लेक लागेर गाह्रो भएपछि हारगुहार गर्दागर्दै श्रीमती २४ वर्षीया शर्मिला तामाङ पनि हराएकी थिइन् ।

लमजुङ सदरमुकाम बेंसीसहरबाट ३ दिन लाग्ने उक्त ठाउँबाट करिब साढे १ दिन हिँडेपछि आइपुग्ने ठाउँमा शव फेला परेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजीका क्रममा शव फेला परेको उनले बताए । अप्ठ्यारो ठाउँमा शव रहेको र मौसम खराब नै रहेपछि उद्धार गर्न कठिनाइ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja