पोखराको लेकसाइडमा खुल्यो ‘ब्लुज हाउस’ रेष्टुरेन्ट



पोखरा

पोखराको लेकसाइडस्थित गैह्राको चौतारामा ‘ब्लुज हाउस’ रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।

पोखरा-६ बैदाम निवासी युवा व्यवसायीहरु ईश्वर बराल, मिलन गुरुङ, बुद्धि थापा, ईश्वरकुमार श्रेष्ठ, सरोजकुमार श्रेष्ठ र बद्री श्रेष्ठको संयुक्त लगानमा रेष्टुरेन्ट सञ्चालनमा आएको हो । 

करिब तीन करोड रुपैयाँको लागतमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालकमध्येका एक ईश्वरकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार रेष्टुरेन्टमा २० जनाले रोजगारी पाएका छन् । ‘खाना र संगीतको कला’ भन्ने आदर्शलाई आत्मसात गर्दै रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।

पोखरा महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई र स्थानीय समाजसेवी राधादेवी बरालले संयुक्तरुपमा सोमबार रेष्टुरेन्टको शुभारम्भ गरेका हुन् । वडाध्यक्ष भट्टराईले नेपालमै केही गर्नुपर्छ भन्ने सोंचका साथ रेष्टुरेन्टको सफलताको शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja