मनास्लु हिमपहिरोमा पुरिएका ९ जनाको उद्धार, बाँकीको खोजी जारी



पोखरा

चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु बेस क्याम्पमा सोमबार हिम पहिरो जाँदा पुरिएका ९ जनाको उद्धार गरिएको छ । कैलाश एयर, सिम्रिक एयर र एभरेष्ट एयरको हेलिकप्टरद्वारा उनीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

पुरिएकामध्ये दोलखा गौरीशंकर गाउँपालिका–५ बस्ने ४४ वर्षीय जित बहादुर शेर्पा र संखुवासभा मकालु गाउँपालिका–१ बस्ने २७ वर्षीय सुकु बहादुर तामाङलाई सोमबार साँझ उद्धार गरी उपचारको लागि करुणा अस्पताल काठमाडौंमा ल्याइएको हो ।

सोलुखुम्बु घर भएका ३५ वर्षीय किनु पेम्वा सहित थप ७ जनालाई मंगलबार उद्धार गरी सामागाउँ ल्याइएकोमा ४ जनालाई उपचारको लागि करूणा अस्पताल कपन पठाइएको छ । पहिरोमा पुरिएका अन्य व्यक्तिहरूको खोजी भईरहेको छ ।

प्रहरी चौकी सामागाउँबाट खटिएको प्रहरीले उद्धार कार्य एवं आवश्यक पहल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja