बागलुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु



पोखरा

अरिङ्गालले टोकेर बागलुङको जैमिनी नगरपालिका वडा नं. ७ जैदीका ४३ वर्षका ज्ञानबहादुर रानाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राना रातको समयमा घर नजिकैको जंगलमा अरिङ्गाल पोल्नेक्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका थिए । राना स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर फर्काइएका थिए । तर आज मंगलबार बिहान घरमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja