लमजुङका विभिन्न बजारमा प्रशासनद्वारा अनुगमन तीव्रता



पोखरा

दसैँसहितका चाडबाड लागेसँगै लमजुङका विभिन्न बजारमा प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ ।

दोर्दी गाउँपालिका-४ नौथरशेरा बजारमा १८ वटा पसल अनुगमन गर्दा दर्ता नगरी सञ्चालन भएका पसल बन्द गरिएको छ। अनुगमन गरिएकामध्ये चार वटा पसल दर्ताबिना सञ्चालनमा रहेको पाइएकाले दर्ता गरेर मात्र पसल सञ्चालन गर्न निर्देशन गरिएको छ । ती पसललाई तत्कालका लागि पसल बन्द गराइएको घरेलु तथा साना उद्योग कार्यालय लमजुङले जनाएको छ ।

अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रेको सामग्री भेटिएको छ । म्याद गुज्रिएको सामग्री जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले बताइन् । केही खाद्यान्न पसलमा मूल्यसूची नराखिएको, साइनबोर्ड नराखिएको, किराना पसलमा मदिरा तथा सुर्तीजन्य पदार्थ इजाजतपत्र नलिई बेचबिखन गरेको पाइएको छ ।

नौथरशेरामा सञ्चालनमा रहेको शिव किराना पसलले विनाइजाजत सुर्तीजन्य पदार्थ बेचबिखन गरेको पाइएकाले ठूलो मात्रामा सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको छ । इजाजतपत्र लिएर मात्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न अनुगमन टोलीले निर्देशन गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja