दोर्दीमा जलविद्युत आयोजना निर्माणको क्रमसँगै रोजगारीको अवसर 



पोखरा

दोर्दी खोलामा जलविद्युत् आयोजना निर्माणको क्रमसँगै यस क्षेत्रका अधिकांश युवाले रोजगारी पाएका छन । सीप भएका र सीप नभएका दुवैथरीका युवाहरू यी आयोजनामा रोजगार छन्।

आफ्नै दैलोमा रोजगारी पाउने भएपछि खाडीलगायतका धेरै मुलुकमा गएका युवाहरू गाउँ फर्किएका छन् । सुपरदोर्दी ‘ख’ले निर्माण गरेको ५४ मेगावाट क्षमताको आयोजनाले प्रभावित क्षेत्रका ६० जनाभन्दा बढीलाई रोजगारी दिएको छ ।

२५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ५० जना स्थानीयलाई रोजगारी दिएको छ । यस्तै, २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाले सयजनालाई रोजगारी दिएको दोर्दी खोला जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक गुरुप्रसाद ढकाल बताउँछन् ।

दोर्दी खोलामा निर्माणको अन्तिम चरणमा रहेको १२.५ मेगावाटको दोर्दी-१ जलविद्युत् आयोजनाले  पनि सयौँ स्थानीयलाई रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja