वरिष्ठ संगीतकर्मी शुभबहादुर सुनामको निधन



पोखरा

सेक्सोफोन बाजालाई नेपाली संगीतको वाद्यवाधनमा स्थापित गर्ने वरिष्ठ संगीतकर्मी शुभबहादुर सुनामको सोमबार बिहान ५ बजे ७४ वर्षको उमेरमा निधन भएको छ। मृर्गौला रोगबाट पीडित सुनामको उपचारका क्रममा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा निधन भएको हो।

दाहसंस्कारका लागि सुनामको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा लगिएको छ। सैनिक सलामीसहित उनलाई अन्तिम श्रद्धाञ्जली दिइने भएको छ। संगीतकार संघका पदाधिकारीसहित फिल्म र संगीतकर्मी पनि आर्यघाटमा उपस्थित भएका छन्।

सुनामले ११ वर्षको उमेरदेखि नै नेपाली सेनाको ब्वाइज दर्जामा जागिर सुरु गरेर जर्नेलसम्म भएका थिए। उनले ७७५ भन्दा बढी गीतमा संगीत भरेका छन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja