पूर्वी नवलपरासीमा डेंगी परीक्षण गर्ने कीट अभाव



पोखरा

पूर्वी नवलपरासीमा डेंगी परीक्षण गर्ने कीट अभाव भएको छ । मध्यबिन्दु जिल्ला अस्पताल र अन्य सरकारी स्वास्थ्य संस्थामा कीट नहुँदा बिरामी चितवन र निजी अस्पतालमा जान बाध्य छन् । ‘बिरामीको चाप बढेपछि स्टकमा रहेको कीट सकिएको छ ।

प्रदेशमा पनि पर्याप्त नभएकाले आउन ढिलाइ भएको होला,’ मध्यबिन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले भने, ‘छिट्टै कीट ल्याउन लागिपरेका छौं ।’

कीटको अभावमा जिल्ला अस्पतालबाट दैनिक २०/२५ जना बिरामी डेंगी परीक्षणका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता छ । स्वास्थ्य संस्थामा दैनिक ५० जना ज्वरोका बिरामी आउने गरेकामा १० जनालाई डेंगीसँग मिल्दो लक्षण देखिने चिकित्सकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja