तनहुँमा डेंगी संक्रमित बढेको बढ्यै



पोखरा

भदौभर तनहुँमा ८८ जनामा डेंगी देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय अनुसार दमौली अस्पतालमा ३, शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८ र बन्दिपुर अस्पतालमा ७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

ज्वरो आएका बिरामीमा परीक्षण गर्दा डेंगी संक्रमण देखिएको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठले बताए । उनका अनुसार केन्द्रबाट भदौमा २ सय १८ जनाको डेंगी परीक्षण गरिएकामा ७८ जनामा संक्रमण देखिएको हो ।

बन्दीपुर अस्पतालमा ७ जनामा डेंगी संक्रमण देखिएकामा ४ जना निको भएका छन् भने दमौली अस्पतालमा ३ जनामा संक्रमण देखिएकोमा १ जना निको भएका छन् । विशेष गरी ज्वरो आएर अस्पताल पुगेका बिरामीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja