पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु



पोखरा

पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार ७ सय ५२ पिसिआर परीक्षणका क्रममा ६० जना र २ हजार ७५ एन्टीजेन परीक्षणका क्रममा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय २६ संक्रमित कोरोनामुक्त भएका छन् । 

हाल नेपालमा २ हजार ६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja