पुरुष क्रिकेटमा कर्णालीद्वारा गण्डकी ८ रनले पराजित



पोखरा

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा बुधबार कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई आठ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित १३ ओभरमा ९ विकेट गुमाएर ८५ रन बनायो । वर्षाले प्रभावित खेललाई २० बाट १३ ओभरमा घटाइएको थियो ।

गण्डकीका सन्दीप क्षेत्रीले सर्वाधिक ४९ रन बनाए । यस्तै, अनिल गुरुङले १४ रन बनाए । कर्णालीका दिनेश अधिकारीले तीन विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको गण्डकीले निर्धारित १३ ओभरमा सात विकेट गुमाएर ९३ रनको बनाएको थियो ।

गण्डकीका प्रकाश जैसीले सर्वाधिक १९ रन बनाए । विपिन रावत र सुवास एयरले समान १३ रनको योगदान गरे । समूह ‘ए’ मा रहेको कर्णालीले समूह चरणका सबै पाँचबाट ६ अंक जोडेको छ । समान खेलबाट गण्डकीले चार अंक छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja