जन्मसिद्व नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने पक्षमा एमाले



पोखरा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्व नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन तयार रहेको बताएका छन् ।

जनकपुरमा एमालेद्वारा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारलाई भने, ‘जन्मसिद्व नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने दुई लाइनको विधेयक ल्याउनुस् । भोलि नै पास गरिदिन्छौं ।’

विदेशी महिलालाई विहे गरेर ल्याइने बित्तिकै नागरिकता दिन नसकिने संकेत गर्दै उनले अहिलेको विधेयक फिर्ता लग्न पनि आग्रह गरे । उनले मधेसमा जन्मसिद्व नागरिकका सन्तान मात्र समस्यामा रहेको र उनीहरुलाई नागरिकता दिने पक्षमा एमाले रहेको स्पष्ट पारे ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सचिव रघुवीर महासेठले मधेसमा १० सिट जित्ने बताएको थिए । सो सन्दर्भमा ओलीले प्रश्न गरे– एमाले मात्र १० सिट जित्ने हो भने बाँकी कसले जित्छ ? उनले मधेसका सबै सिट जित्ने दाबी घुमाउरो भाषामा गरे ।

अध्यक्ष ओलीले एमाले मधेस विरोधी नभएको पटक–पटक दोहोर्‍याए । उनले भने, ‘म जस्तै टोपी लगाएको त दुई/चार जना मात्र छन् । यहां सबै त मधेसी नै छन् । अनि एमाले कसको पार्टी ? मधेसीको । एमाले पहाडी र हिमाली सबै नेपालीको हो ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja