कास्की सेवा हस्पिटलद्वारा डेंगु रोगको परीक्षण निःशुल्क



पोखरा

भदौ ३० गतेदेखि पोखरा महानगरपालिका वडा नं. १२ स्थित कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले डेंगु रोग नियन्त्रणका लागि डेंगुरोगको परीक्षण निःशुल्करुपमा गर्ने भएको छ । 

अस्पतालले सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै आर्थिक अभावका कारण डेंगु रोग परीक्षण गर्नबाट कोही पनि बञ्चित नहुन् भन्ने उद्देश्यले निःशुल्क परीक्षण गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत युवराज आचार्यले बताए ।

निजी स्वास्थ्य संस्थामा डेंगु रोग परीक्षण गर्न न्यूनतम १२ सय रुपैयाँ लाग्ने गरेको छ । निःशुल्क परीक्षणका लागि डेंगुको लक्षण भएकालाई अस्पतालकै फिजिसियले अनिवार्य सिफारिस गर्नुपर्ने हुन्छ । अस्पतालले एक हजार बिरामीलाई आवश्यक किट उपलब्ध गराउने प्रशासकीय अधिकृत सुन्दर पोखरेलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja