बागलुङको गलकोटमा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द



पोखरा

बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन्।

गलकोट–११ मा रहेको छिचिम्रा पोखरी आधारभूत विद्यालय ३ दिनका लागि बन्द गरिएको प्रध्यानाध्यापक हर्कबहादुर बिकले बताए। स्वास्थ्य समस्याका कारण विद्यालयमा विद्यार्थी अनुपस्थित हुन थालेपछि विद्यालय बन्द गरिएको जनाइएको छ।

रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिए। साविक रिघा गाविसको वडा नं १, २ र ४ वडामा बढी र वडा नं ५ का केहीमा पनि सङ्क्रमण देखिएको उनको भनाइ छ।

लामो समय बिरामी भएकाको प्रयोगशाला परीक्षण गर्दा उनीहरूमा टाइफाइडसमेत पोजेटिभ देखिएको छ। गाउँमा बिरामी बढेपछि रिघा स्वास्थ्यचौकीले डेंगुको पनि परीक्षण गर्ने तयारी गरेको छ। विद्यालयका शिक्षक र विद्यार्थी नै भाइरल ज्वरोले ग्रसित भएपछि विद्यालय तीन दिनका लागि बन्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja