‘दसैँअघि रसुवागढी र तातोपानी नाका खोल्न पहल गर्छु’- चिनियाँ कंग्रेस अध्यक्ष ली चान्सु



पोखरा

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले दसैँअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

कोरोनाभाइरस संक्रमणको कारण देखाएर चीनले लामो समयदेखि उक्त नाका बन्द गरेको छ । उक्त नाका खोल्न आफूले पहल गर्ने चान्सुले प्रतिबद्धता जनाएका हुन् । सोमबार नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका उनले मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँँगको भेटमा उक्त नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले दसैँअघि रसुवागढी नाका र तातोपानी नाका खोल्न आग्रह गरेपछि चान्सुको उक्त प्रतिबद्धता आएको हो । सो नाका बन्द हुँदा नेपाली व्यापारीहरूको करोडौँ मूल्य बराबरको सामग्रीहरू बाटोमै अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja