प्रधानमन्त्रीको भनाइसँगै वित्तिय संस्था डुबेको पनि प्रमाणित हुदैँ



पोखरा

असारदेखि अहिलेसम्म बैंकमा डिपोजिट राखेका मानिसहरुले आफ्नो पैसा निकाल्ने क्रम निकै बढीरहेको पाइन्छ । अहिलेसम्म २ खर्ब ५० अर्ब डिपोजिट रकम बैंकबाट सर्वसाधारणले निकालिसकेको बुझिन्छ ।

यति छोटो समयावधिमा यत्रो रकम सर्वसाधारणहरुले बैंकबाट निकाल्नुको कारण पनि छ । आगामी चुनावका लागि कि नेताहरु पैसा निकालेको होइन भने जनताले नेपालको अर्थतन्त्र त सींलका भयो भनेर निकालेको पाइन्छ । यदि यो कुरा होइन भने जनताहरुले ब्याज खान राखेको पैसा किन यति छोटो समयावधिमा निकाले ।

बैंकहरुबाट निकालेको पैसा सबै सर्वसाधारणहरुले घरमा लुकाएर राखिसकेका छन् । साथै अब झन् प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीलाई तलब समेत विदेशी ऋण लिएर दिनुपर्ने भनेर बताइपछि सर्वसाधारणको वित्तियमा संस्थामा डिपोजिट निकाल्न लहरो लाग्ने छ ।

अब वित्तिय संस्थामा जनताले पैसा नै राख्दैनन् । साथै प्रधानमन्त्री देउवाका अनुसार अब देशमा आर्थिक संकट आइसकेको छ र अब मुलुक सींलकाको बाटोमा हिड्दैँ छ । अहिले वित्तिय संस्थामा पैसा राख्ने कोही छैन । बैंक, सहकारी, फाइन्सहरुले अहिले त सर्वसाधारणको डिपोजिट फिर्ता गर्न सकेको छैन भने अब झन् यी संस्थाहरुमा भिडको लर्को लाग्ने छ ।

वित्तिय संस्थाहरुले सर्वसाधारणलाई जति बढी ब्याज दिन्छु भनेपनि अब जनताले पैसा राख्दैनन् । अहिले बैंकहरुले डिपोजिटलाई १४ देखि १६ प्रतिशत ब्याज , सहकारीले १८ देखि २२ प्रतिशत ब्याज दिन्छु भनेर भन्छन् । यत्रो ब्याज दिन्छु भनेर यिनीहरुले भनेपनि अब जनताले पैसा राख्दैँनन् । अहिले नै जनताहरु मुद्दती खातामा राखेको पैसा हामीलाई ब्याज चाहिदैँन भनेर साँवा मात्र फिर्ता माग्न धाइरहेका छन् । अब झन् बैंक, सहकारीहरुमा सर्वसाधारणले मुद्दती खातामा राखेको पैसा सेवाशुल्क तिरी अवधि नपुगी निकाल्छु भन्नेको लाइन लाग्ने छ । अब वित्तिय संस्थामा पैसा निकाल्नेको लाइन हेरेर साध्य हुने छैन ।

जनताले एकवर्षदेखि वित्तिय संस्थामा संस्थाले जतिसुकै ब्याज दिन्छु भनेपनि पैसा राख्दैँनन् थिए । ब्याजको लोभमा साँवा नै डुब्छ भन्ने कुरा जनताले थाहा पाइसकेका थिए । साथै अब प्रधानमन्त्रीले सरकारी कर्मचारीलाई तलबसमेत विदेशी ऋण लिएर दिनुपर्ने अवस्था आयो भनेर भनेपछि जनताले पनि अब वित्तिय संस्था डुब्यो र देशको अर्थतन्त्र धरायसी भयो भनेर थाहा पाइसकेका छन् ।

अब वित्तिय संस्थामा पैसा निकाल्नेको भिड हु्न्छ । सहकारीहरु त पेसा दिन नसकेर भागिसकेका छन् । साथै नभागेका सहकारीहरुमा पैसा निकाल्नेको लर्को छ भने अहिले सहकारीहरुले १५ दिनमा ५ हजार रकम दिने गर्छ । अब सहकारीहरु यो ५ हजारसमेत नदिएर भाग्ने छन् । सहकारीहरुमा भएका लाखौँ जनताको १० खर्ब रुपैँया अब डुब्ने छ ।

साथै अब बैंकहरु पनि टाप पल्टिने छन् । अब बैंकले कर्मचारीलाई तलब दिन सक्दैँन , डिपोजिटको रकम फिर्ता गर्न सक्दैँन र घरभाडा तिर्न सक्दैँन । कति वित्तिय संस्थाहरुले अहिले विज्ञापन बजाएर सर्वसाधारणलाई बढी ब्याजको प्रभोलन देखाएर पैसा ल्याएर राख्ने र डुबाउने काम गरिरहेका छन् । अब जनताहरु यी वित्तिय संस्थाहरुले जतिसुकै बढी ब्याज दिन्छु भनेर
भनेपनि ब्याजको लोभमा फस्नुहुदैँन किनभन्दा आजको ब्याजले भोलि
सबै साँवा नै डुब्न सक्छ ।

बैंकले १ लाखको चेक साट्न गाह्रो मान्छ भने सहकारीले ५ हजारपनि फिर्ता गर्न सक्दैँन । अहिले बजारमा आर्थिक तरलता वा संकट हुँदा जनताहरु निराशा छन् । सर्वसाधारणहरु आफुले खाइनखाइ वित्तिय संस्थामा जीवनभर कमाएर जम्मा गरेको पैसा डुब्ने हो कि भन्ने
कुरामा चिन्तित छन् ।

वित्तिय संस्थाहरुको पर्दाभित्र बसेर जनता ठग्ने काम अब धेरै दिन टिक्ने छैन । वित्तिय संस्थाहरुले अब डिपोजिटलाई थोरै ब्याज र कर्जा दिनेलाई महंगो ब्याज लगाएर शोषण गर्ने दिनको छिटो नै अन्त्य हुने छ । बैंक, फाइन्स र सहकारीका अध्यक्ष तथा चेयरम्यानहरु बोनस खाने र चिल्लो गाडी चढ्ने अनि जनता लुट्ने । पछिल्लो समय वित्तिय संस्थाका कर्मचारीलाई समेत जनताले ठग हुन् भनेर चिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja