मुख्य स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु संक्रमण



पोखरा

साफ महिला च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाली टिमकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी नखेल्ने भएकी छन् ।

डेंगु संक्रमणका कारण सावित्राले श्रीलंकाविरुद्धको समूह चरणको अन्तिम खेल गुमाउने भएकी हुन् । ‘हिजो पजिटिभ देखियो । अहिले अवस्था सामान्य छ । होटेलमै विश्राम गरिरहेको छु,’ सावित्राले भनिन् । चार दिनदेखि ज्वरोको कारण उनी टिमको प्रशिक्षण सामेल भएकी थिइनन् ।

नेपालले सोमबार साँझ ०५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा श्रीलंकाविरुद्ध खेल्दैछ । यसअघि भएको पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो । यस्तै, समूहमा श्रीलंकालाई ५-० ले पराजित गरेको भुटानले सेमिफाइनलको यात्रा तय गरिसकेको छ ।

आज श्रीलंकाविरुद्ध खेलमा बराबरी वा पाँच गोलको अन्तरभन्दा कमले पराजित भएमा पनि नेपाल सेमिफाइनल प्रवेश गर्नेछ । तर, पाँच गोलको अन्तरमा नेपाललाई पराजित गरे श्रीलंकाले सेमिफाइनल यात्रा तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja