प्रचण्ड- नेपाललाई १० वर्षभित्र विकासको गतितर्फ लान सक्ने सम्भावना छ



पोखरा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई १० वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना भएको बताएका छन् ।

राजधानीमा आइतबार आयोजित युवा समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले चाहेमा चमत्कार गर्न सकिन्छ। हामी राजनीतिलाई अब विकास र समृद्धिका लागि लाग्न सक्छौँ। देशलाई १० वर्षमै साँच्चिकै समृद्ध बनाउन सक्छौँ।

’देशको आर्थिक स्थिति बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने उनको भनाइ थियो । देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि भएको बताउँदै प्रचण्डले भने, ‘पछाडि धकेलिँदै गएको देशको अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्छ। कृषिपछि जलविद्युत, पर्यटन, जडीबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja