जिल्ला अस्पताल लमजुङमा दैनिक विरामीको चाप बढ्दै



पोखरा

जिल्ला अस्पताल लमजुङमा विरामीको चाप बढेको छ ।

दैनिक तीन सय ५० जनासम्म विरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार दैनिक तीन सयदेखि तीन सय ५० जनासम्म अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् ।

अस्पतालमा साउनयता विरामीको संख्या बढ्दै गएको छ । वृद्धवृद्धा, बयस्कदेखि वृद्धवृद्धासम्म विरामी परेका छन् । अधिकांशका ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने र दमका बिरामीहरू बढी देखिएको छ ।

वर्षातको समय, गर्मी मौसम, दूषित पानीको प्रयोग, खानपानमा ध्यान नपुग्दा विरामी बढेको चिकित्सकहरू बताउँछन् । वृद्धवृद्धा र बालबालिकाको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरूमा छिट्टै संक्रमण हुने गरेको छ ।

वृद्धवृद्धामा दम, छाती दुख्ने समस्या र बालबालिकामा सुक्खा खोकी, श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखिएको छ । अस्पतालमा आउनेलाई खानपानमा र सरसफाईमा ध्यान पुर्‍याउन अस्पतालले सल्लाह, परामर्श दिँदै आएको  छ ।

न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja