दशैँमा कसैको घरमा रुवाबासी नहोस्



पोखरा

दशैँमा सामानहरु किनमेल गर्नका लागि पैसाको आवश्यक पर्छ । मानिसहरुले वर्षभरि कमाएर दशैँ मान्नका लागि बैंक, फाइन्स तथा सहकारीमाआफ्नो रकम जम्मा गरेका हुसन्छन् ।

यता दशैँ मान्नका लागि आफ्नो पैसा वित्तिय संस्थामा निकाल्न जाँदा त्यहाँ पनि भनेको जति पैसा दिदैँन । त्यस्तै उता वित्तिय संस्थाबाट पैसा निकालेपछि संस्थाको बाहिर चोर तथा
गुण्डाहरु हेरेर बस्ने र पैसा निकालेको थाहा पाएपछि बाटोमै लुट्नेगर्छन् । त्यसकारण वित्तिय संस्थाबाट पैसा निकाल्न जाँदा वा आउँदा कोही मानिस अघिपछि त लागेको छैन भनेर हामीहरु चलाख हुनुपर्छ ।

साथै सामान किन्न बजार जाँदा पनि कोही साथीसँगै लिएर जानुपर्छ र एउटै झोलामा मात्रै
पैसा नबोकी आफ्नो कपडामा भएको सम्पुर्ण खल्तीहरमा पैसा राख्नुपर्छ । अब हामीले आफ्नो सुरक्षा आफैँले गर्नुपर्छ । हामीहरु सार्वजनिक सवारीसाधन चढ्दा पनि होसियार हुनुपर्छ र सुन तथा गहना लगाएर सवार गनुहुदैँन ।

यसले गर्दा हामीहरु हाम्रो सामानहरु चोरी हुनबाट र आफ्नो ज्यान बचाउनबाट जोगिन्छौँ ।
दशैँ आयो , मानिसहरु दशैँका मनाउन अब आफ्नो गाउँघर जाने गर्छन् । यसरी मानिसहरु पुरै परिवारसँग आफ्नो गाउँघर जाँदा आफ्नो घरको झप्याल वा ढोकामा राम्रोसँग ताल्चा नलगाई हिड्ने र छिमेकीहरुलाई पनि घरको हेरचाह गरिदिनुस नभनी हिड्ने गर्छन् । यसले
गर्दा घरमा चोरी हुने गर्छ ।

घरमा चोरी भएपछि पछुतावा हुनुभन्दा पहिला नै आफ्नो घरको सुक्षा आफैँले गर्नुपर्छ । साथै सामान किन्ने पसलमा पनि सामान किन्दा धेरै पैसाहरु निकाल्नुहुदैँन र आफुलाई आवश्यक पर्ने पैसा पहिला नै छुटाएर राख्नुढसपर्छ । बाटामा हिड्दा वा पसलमा किनमेल गर्दा हातमा मोबाइलहरु बोक्नुहुदैँन ।

यदि हामीहरु बाटामा हिड्दा मोबाइलहरु हतमा बोक्छौँ भने चोरले जुनसुकै समयमा हाम्रो सामान चोरी गरेर हामीलाई लुट्नसक्छ भने पसलमा हामी मोबाइल बिर्सिन सक्छौँ त्यसकारण हामीहरु अब पहिला नै सर्तक हुनुपर्छ ।हामी मानिसहरु अर्कोको देखसिकी गरेर काम गर्ने गछौँ जसले गर्दा
हामीहरु बेकाम ऋणको सिकार हुने गछौँ । त्यसकारण हामीले आफ्रनो पहुँच हरेर मात्र चाडपर्व मनाउने र पैसा मास्ने गनुर्सपर्छ ।

हामीहरुले घाँटी हरेर मात्र हाड निल्नुपर्छ । चाडबाडहरु वर्षेपिछे आउँछ तर हामीहरुले आपुसँग जे छ त्यहँी खाने र जे छ त्यहँी लगाउने गर्नुुपर्छ । यसले गर्दा हामीलाई आनन्द पनि आउँछ र रमाइलो पनि हुने गर्छ । किनभन्दा हामीले एक पटक ऋण काटेर चाडपर्वहरु मनाउने काम गरेमा हामीलाई पछिसम्म त्यहँी बानी बस्छ र हामी ऋणको सिकार हुने गछौँ ।

हाम्रा नेपाली दाजुभाइ , दिदीबहिनीहरु कामका लागि विदेश गएपनि चाडबाडको समयमा आफ्रनै घर वा नेपाल आउने गर्छन् । साथै ७७ ओटै जिल्लाका मानिसहरु विभिन्न सेवासविधाहरुका लागि काठ्माडौँ लगायत अन्य क्षेत्रमा बस्ने गर्छन् । उनीहरु कामका लागि यहाँ बसे पनि वर्षको एक पटक दशैँ आउँदा आफ्रनै गाउँघर जाने गर्छन् ।

तर दशैँमा घर जाँदा वा दशैँ मानेर आउँदा हामीहरु हामी चढेको गाडीको स्थिति , कति वर्ष पुरानो र त्यो गाडी चढेबापत कतै हामी बढी भाडाको मारमा त परेका छैनौँ भनेर पनि हदैँनौँ । त्यसकारण अब हामीले यी सबै कराहरुमा विचार पुरयाउनुपर्छ र दशैँ मान्ने नाममा ठगिन र मरिनबाट जोगिनुपर्छ । साथै आफ्नो सामानहरुको पनि आफैँले सुसरक्षा गर्नुपर्छ ।

हामीहरु सार्वजनिक सवारीसाधनहरु चढेपछि त्यहाँ हाम्रो सामानहरु सहचालक वा चालकले गाडीको डिक्कीमा हाल्ने गर्छन् र हामीहरु झर्दा त्यो सामान नै ननिकालि गाडी दौडाउने गर्छन् । त्यसकारण अब हामीहरु होसियार हुनुपर्छ ।

गाडीहरुको टिकट काट्ने काउण्टरमा धेरै दलाली तथा बिचौलियाहरु हुने गर्छन् । त्यहाँ हामी टिकट काट्न जाँदा दलालीहरुले हामीलाई टिकट छैन भनेर ५०० सयको टिकट दोब्बरमा
बेच्ने गर्छन् । साथै गाडीको स्थिति ठिक नभएमा वा सहचालक , चालकले धेरै नै छिटो दौडाएमा हामीहरु कि त्यो गाडीबाट झर्नुपर्छ होइन भने ट्राफिक, प्रहरीलाई फोन गनुर्सपर्छ ।

टिकट काट्ने काउण्टरहरुको छेउछाउमा चोरहरु बसिरहेका हुन्छन् र यसमा पनि हामीहरु होसियार हुनुपर्छ । साथै नचिनेको मानिसहरुले केही खानेकरा दिएमा खानुहुदैँन । आफुलाई कोही मानिसप्रति संखा लागेमा तुरुन्तै प्रहरीलाई खबर गर्नुपर्छ । आफ्नो सुरक्षा जनताले आफैँ गर्नुपर्छ किनभन्दा सबै ठाउँमा सरकार वा प्रहरीले मात्र हाम्रो सुरक्षा गर्न सक्दैँनन् ।

दुर्घटना हुनदिनुभन्दा पहिला नै हामीहरु सर्तक रहनुपर्छ । चाडबाड मनाउने नाममा मदिरा खाने र अन्य फर्जुल खर्चहरु जस्ता काम गर्नुहुदैँन । बरु हामीहरुले त्यो पैसा कटौती गरेर दुःखी , गरिबलाई
दिएमा उनीहरुले पनि चाडबाड बनाउन पाउँछन् । चाडबाड भनेको खुशी हुने मौका हो तर खुशी मदिरा खाएर वा फर्जुल खर्च गरेर हुदैँन । हामीहरुले अरुलाई खुशी राखौँ भने हामीहरु पनि आफैँ खुशी हुन्छौँ ।

एकको घरमा खर्सी काट्ने र नयाँ कपडा लगाउने तर अर्कोको घरमा न खर्सी न नयाँ कपडा हुनदिनु भन्दा त हामीहरुले सँगै बाँडेर खान सिक्नुपर्छ । त्यसकारण हामीले आफ७त्रगयतस मात्र खाने र आफु मात्र रमाउने भावना मात्रै नराखी सबै जना सँगै खाने र सँगे रमाउने खालका भावनाहरु
राखेमा मात्र समाज र राष्ट्रको विकास हुन्छ ।

भन्निछ मर्दा र पर्दा वा दुःख र सुखमा मानिसको आवश्यक पर्ने गर्छ । त्यसकारण हामीहरुले गरिबको पनि दुसःख दखेर उनीहरुलाई पनि चाडपर्वमा रमाउने अवसर दिनुपर्छ । मानिस जन्मिएपछि एकदिन मर्ने पर्छ र समाज र राष्ट्रले त्यो मानिसको बाँच्नुजेलसम्मको राम्रा र नराम्रो कामको खोजी गर्छ ।

मानिस जतिसुकै धनी भएपनि त्यो मानिसले बाँच्नुजेलसम्म केही राम्रो काम गरेको छैन भने उसलाई मरेपछि पनि कसैले सम्झिदैँन तर राम्रो काम गरेको छ भने उसलाई किताबको पानामा समेत लेखिन्छ । त्यसकारण हामीसँग मानवता हुन अत्यन्त जरुरी रहेको छ ।

पछिल्लो समय आधुनिक प्रविधिसँगै मानिसहरुको सोचमा पनि धेरै परिवर्तन आएको पाइन्छ । अहिलेका मानिसहरु आफुमात्र खाउँ र आफुसँग लाँऊ भन्ने भावनाका छन् तर हामीहरुले अब हाम्रो त्यो सोचको परिवर्तन गनुपर्छ । पहिलाका मानिसहरु खाना खाने समयमा कोही आएमा खाना दिन्थे र रातमा कोही आएमा बाँस दिने गर्थे तर अहिले त्यो पुरै परिवर्तन भइसकेको छ ।

हामीहरुले समयसँगैै हाम्रो धर्म र संस्कार बिर्सिदैँ आइरहेका छौँ । आफ्रनै घरअगाडिका मानिसहरु आर्थिक कमजोरका कारण उपचारबाट वञ्चित भएर बसिरहेका हुन्छन् भने कोही बालबालिकाहरु पढन नपाएर रुएर बसिरहेका छौँ । हामीले बरु हाम्रो दशैँ मनाउन राखेका रकमहरु उनीहरुलाई सहयोग गरिदिने हो भने उनीहरुले पनि उपचार र पढ्न त पाउन्थे ।

यहाँ त हामीहरु हाम्रो लागि मात्र बाच्ँछौ, हामीहरुले अहिलेसम्म अरुका लागि बाँच्न सिकेका छैनौ । महंगो गाडी चढ्दैमा, सुनको माला लगाउँदैमा र ठुल्लुल्ला महलमा बस्दैँमा त्यो मानिसलाई मान वा राम्रो ठागिन्छ र । जतिसुकै धनी भएपनि उसले राष्ट्र र जनताका लागि केही काम गरेको छैन भने उसलाई मान ठान्दिैँन । तर पछिल्लो समय त हामी मानिसहरु राष्ट्र र जनताका लागि केही
काम गर्दैनौँ तर एउटा राम्रो घर बनाउँदैमा, चिल्लो गाडी चढ्दैमा र सुसनको माला लगाउँदैमा म जस्तो राम्रो कोही छैन भन्दै हिड्छौँ । यसले गर्दा समाज र राष्ट्रमा नराम्रा विकृतिहरु फैलिदैँ आइरहेको छ ।

दशैँको समयमा कति मानिसहरुले जुँवातास खेलेर आफुसँग भएको पैसा सिध्याउँछन् र घरमा झैझागडा गर्ने गर्छन् भने कतिले मदिरा खाएर दुर्घटना गर्ने गर्छन् । पछिल्लो समय उपत्यकाभित्र बस्ती बढेर दशैँतिहारको समयमा डोरी पिङहरु हाल्ने चलन गइसकेको छ । तर गाउँतिर अहिलेपनि पिङहरु हाल्ने चलन छ । पिङ खेल्दा पिङको डोरी पुरानो वा कमजोर हुने हुँदा मानिसहरु पिङबाट खस्न सक्छन् र घाइते हुने गर्छन् ।

त्यसकारण हामीहरु यसप्रति पनि पहिला नै सर्तक हुनुपर्छ । दशैँ मान्ने नाममा कसैको पनि घरमा रुवाबासी हुनुहुदैँन र कसैको पनि ज्यान जानुहुदैँन । अघिल्लो वर्षका दशैँको घटनाहरु हेर्ने हो भने त्यस समयमा धेरै मानिसहरु सवारी दुर्घटनामा परेर, पिङ खेलेर वा अन्य दुर्घटना भएर मरेका थिए । तर सरकार वा सुरक्षाकर्मीहरुले यस्ता कुराहरुमाथि चेकिङ्ग कडा रुपले गरेमा यसपालिको दशैँमा धेरै मानिसहरु मर्नबाट जोगिन्छन् ।

तर गृह मन्त्रालयलले दशैँको लागि सुरक्षा व्यवस्था कडा गर्नका लागि न सिडियो कार्यालयहरुलाई परिपत्र पठाएको सुनिन्छ ,न ट्राफिक प्रहरीले बाटोमा सवारीसाधनको चेकिङ्गमा कडाइ गरेको देखिन्छ । दुर्घटना घटेपछि यति मानिसको मृत्य वा घाइते भएको भनेर सञ्चारकर्मीलाई जानकार गराउनुभन्दा त दुर्घटना हुन नै नदिन त सरकारको जिम्मेवारी होइन र ।

दशैँको समयमा आआफ्नो जिल्लाका सिडियोहरुले धेरै सुरक्षाकर्मीहरु खटाएर यसलाई नियन्त्रण गर्ने हो भने मानिसहरु यस्ता घटना घटेर मर्नबाट त जोगिन्थे । साथै कालोबजारीको पनि अन्त्य हुने गर्छ । गृह मन्त्रालय वा मन्त्रीले अब काम गर्न नसक्ने सिडियोहरुलाई सरुवा र्गुपर्छ र काम गर्न सक्नेलाई अहिलेबाट नै आफ्नो काम र कर्तव्यको जानकार गराउनुपर्छ । साथै अब सिडियो तथा जिल्लाका डिएपी र एसपी अनुगमन गर्न बाटोमा आउनुपर्छ ।

यिनीहरुले दशैँको समयमा शान्तिसुरक्षामा कडाई नगर्दा कयौँ नागरिकहरु दुर्घटनाका कारण मरिरहेका छन् , कालोकजारी बढिरहेको छ र चोरी पनि
बढिरहेको पाइन्छ । यसको जिम्मा त जिल्लाका सिडियोहरुले लिनुपर्छ नि त । यदि शान्तिसुरक्षा कडा गर्न नसकने हो भने पदबाट राजिनामा दिनुढसपर्छ । जनताले तिरेको करबाट सिडियो वा सुरक्षाकर्मीहरु तलबभत्ता खाने र सरकारी गाडी चढ्ने गर्छन् तर दुर्घटना नियन्त्रण, कालोबजारीको अन्त्यमा यिनीहरुले केही पहल गरेका छैन ।

अहिले नै व्यापारीहरुले १० रुपैँयाको सामान ३० रुपैँयामा बेचिरहेका छन् भने यातायात व्यवसायीहरुले ५०० सयको टिकट हजारमा बेचिरहेका छन् । खै त अनुगमन । साथै यिनीहरुले अहिले पनि विधार्थी, अपाङ्ग र जेष्ठनागरिकलाई भाडा छुट दिएका छैनन् । वर्षोपिछे दशैँमा सवारीसाधनहरु दुर्घटना भएर सयौँ नागरिकको मृत्यु हुने गर्छ । अब त्यो दुर्घटनालाई अहिलेदेखि नै नियन्त्रण गर्न कडा चेकिङ्ग तथा अनुगमन गर्नुपर्छ ।

साथै मदिरा सेवन गरेर सवारीसाधन चलाउनेलाई पनि कारबाही गर्नुपर्छ । जनताहरुले र्निधक्क रुपमा दशैँ मनाउने व्यवस्था अब सरकारले मिलाउनुपर्छ । तर अहिलेको गृहमन्त्री बालकृष्ण खाणले जनता र राष्ट्रको भन्दा व्यापारीहरुको हितमा बढी काम गरिरहेका छन् । यिनी जनता र राष्ट्रको गृहमन्त्री नभइ सिमित व्यापारीहरुका गृहमन्त्री हुन् ।

अहिले महंगी बढेर आर्थिक कमजोर भएका मानिसहरु भोकभोकै मर्नुपर्ने दिन आइसकेको छ भने हरेक पसलमा सामानको मुल्य फरकफरक पाइन्छ । दशैँ आइसकेको छ यातायात व्यवसायीहरुले अग्रिम टिकटको बुकिङ्ग खोलेको छैन भने प्लेन व्यवसायीहरु टिकाको दिनसम्मको टिकट
बुकिङ्ग भइसकेको बताउँछन् । प्लेन व्यवसायीहरु यता दशैँभरिको टिकट सकियो भन्छन् तर उता ५ हजारको टिकटलाई १५ हजार तिरेमा तुरन्तै टिकट दिने गर्छन् । के यो कालोबजारी होइन र । गृह मन्त्री असफल हुँदा वा काम गर्न नसक्दा यसको मार आज जनताले भोगिरहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले यस्ता काम गर्न नसक्ने गृहमन्त्रीलाई न बर्खास्त गर्न सक्छन् भने न गृह मन्त्री खाणसँग काम गर्ने क्षमता नै छ । दशैँको समयमा जनताले दुःख पाउँदै र महंगीको मार भोक्दै तर अनुगमन भने शुन्य छ ।-रुषा थापा, भक्तपुर

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja