कांग्रेस युवा नेता कोइराला गण्डकी प्रदेशसभा सदस्यमा सिफारिस



पोखरा

नेपाली कांग्रेसका युवा नेता अर्पण कोइराला गण्डकी प्रदेशसभा सदस्य पदका लागि सिफारिस भएका छन् । आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्य पदका लागि कोइराला समानुपातिकतर्फबाट सिफारिस भएका हुन् ।

कोइरालालाई कास्की क्षेत्र नं २ (ख ) बाट अपाङ्गतर्फ समानुपातिकमा सिफारिस गरिएको हो । प्रदेशसभा क्षेत्रीय समितिले उनको नाम गण्डकी प्रदेश कार्यसमितिमा सिफारिस गरेको हो । नेता कोइराला नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्यसमेत हुन् ।

कांग्रेस परिवारमा हुर्किएका कोइराला २०६३ सालदेखि राजनीति शुरु गरेका थिए । ०६६ मा नेविसंघको जिल्ला सदस्य भएका उनी पार्टीको १४ औं महाधिवेशमा जिल्ला सदस्यमा निर्वाचित भएका थिए ।

पोखरा ४ गणेशटोल निवासी कोइराला पार्टीको जिल्ला सदस्य भएपछि राजनीतिमा थप सक्रिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja