बन्दीपुरम पर्यटन शाखा स्थापना



पोखरा

पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा पर्यटन प्रवर्द्धनका लागि पर्यटन शाखा स्थापना गरिएको छ । बन्दीपुर गाउँपालिका कार्यालय तनहुँले आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन सहज बनाउन सो शाखा स्थापना गरेको हो ।

पर्यटन प्रवर्द्धनका लागि विभिन्न सङ्घसंस्थासँग हातेमालो गर्दै प्रचार-प्रसारका कार्यलाई तीव्रताका साथ अघि बढाउने योजना सो शाखाले बनाएको छ । पालिकास्तरबाट पर्यटन क्षेत्रको विकासका लागि नियमित काम गर्नेगरी जनशक्तिसहित व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए ।

पोखरा क्षेत्रका व्यवसायीसँग सहकार्य गरेर पोखरा घुम्न आएका पर्यटकलाई बन्दीपुर ल्याउने वातावरण सिर्जना गरी पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम रहेको उनले बताए । गाउँपालिका कार्यालयले पर्यटन क्षेत्रको विकासका लागि सुरुमा रु २० लाख बजेट विनियोजन गरे पनि वडागत र पालिकास्तरमा विभिन्न शीर्षकअन्तर्गत बजेट विनियोजन गरेको छ ।

बन्दीपुर क्षेत्र पर्यटकीय गन्तव्यस्थल भएकाले परम्परागत निर्माण कार्यलाई प्राथमिकता दिइएको छ । आधुनिक घरले मौलिक घर विस्थापित गर्ने भएकाले अब निर्माण हुने नयाँ घरका लागि सहुलियत दरमा काठ खरिद गर्न व्यवस्था मिलाइएको गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङले बताए ।

बन्दीपुरमा पर्यटकको आगमन बढेसँगै परम्परागत शैलीका नयाँ घर बन्नेक्रम तीव्र बनेको छ । बन्दीपुरबाट धौलागिरिदेखि अन्नपूर्ण माछापुच्छ्रे, मनासलु, बुद्ध, हिमालदेखि पूर्वका गणेश हिमाल, लाङ्टाङ हिमशृंखलाका सयौँ चुचुरा सजिलै देख्न सकिन्छ । 

बन्दीपुरबाट आधा घण्टाको यात्रापश्चात् सिद्धगुफा अवलोकन, मस्र्याङ्दी नदीमा जलविहार, छाङ्दीमा क्यानोनिङ, चुनपहरामा चट्टान आरोहण र मनोरम दृश्यले पर्यटक लोभिने गर्दछन् । 

एकपटक बन्दीपुर आएका पर्यटक पटकपटक दोहोर्याएर आउने गरेको होटल व्यवसायी बताउँछन् । बन्दीपुरमा पर्यटकको चहलपहल बढ्न थालेसँगै होटल व्यवसायी उत्साहित भएका छन् । निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबुलकार र थ्रीस्टार होटलको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja