राष्ट्रपति, प्रधानमन्त्री जाँदा मात्रै किन मठमन्दिरको सरसफाई र व्यवस्थापन ?



पोखरा

हामी नेपालीहरु धर्ममा विश्वास गछौँ । आफ्नो इच्छा तथा कामना पुरा गर्नका लागि हामीहरु मठमन्दिर जाने गछौँ । हामीहरु भगवान्लाई विश्वास गरेर भगवान्प्रति हाम्रो आस्था प्रकट गछौँ ।

बच्चादेखि बुढाबुढीहरुसम्म मठमन्दिरमा भगवान्को दर्शन गर्नका लागि जाने गर्छन्। मन्दिरमा भक्तजनहरु दर्शन गर्न जाँदा त्यहाँ निकै फोहोर हुने गर्छ। मन्दिर पनि दुईसय वर्षअघि बनेका पुराना हुन्छन् र ती मन्दिरहरुको स्थिति पनि निकै नाजुक भएका हुन्छन् ।

तर त्यस्ता मन्दिरहरुको पुन मर्मत पनि गरिएको हुदैँन । अब दशैँ आउन धेरै दिन बाँकी छैन । घटस्थापन वा जमरा राखेपछि दशैँभरि मन्दिरहरुमा पुजा गर्नेहरुको संख्या वर्षैपछिे हत्तै बढ्ने गर्छ ।वर्षैपिछे मन्दिरमा पुँजा गर्न जाने भक्तजनहरुले धेरै दुःख भोक्दै आइरहेका छन् र यसपालि पनि भोक्ने छन् । किनभन्दा सरकारले अहिलेसम्म पनि मन्दिरको व्यवस्थापन लागि केही पहल गरेको छैन ।

सरकारमा बस्नेहरुलाई मन्दिरमा आउँदा सुरक्षाकर्मीहरुले घेरेर ल्याउने गर्छन्ज सले गर्दा उनीहरुले जनताको दुःख र कष्ट देख्दैँनन् । सरकारमा बस्नेहरु अघिपछि स७३घढसरक्षाकर्मीबिना मठमन्दिर नआउँदा र जनताको दुःख कष्ट नदेख्दा आजसम्म उनीहरुले मठमन्दिरहरुमा रहेको बेथिति देखेका छैनन् । के उनीहरु जनतासँग डराएर जहिले पनि सुरक्षाकर्मीसँग हिड्छन् । के सुरक्षाकर्मीबिना जनतासँग उनीहरु घुलमिल हुन सक्दैनन् । अहिले कुन कुन मन्दिरको हालत के कस्तो छ भनेर राष्ट्रपति प्रधानमन्त्री कसैलाई थाहा छैन ।

सरकारको उच्च पक्षमा रहेका प्रतिनिधिहरु मन्दिर जाँदा त्यहाँ सुरक्षाकर्मीहरुले सफा गर्ने गर्छन् तर अघिपछि कहिले पनि सरसफाई गरिदैँन । के जनता चाहिँ राम्रो मन्दिरमा जान पाउँदैन । किन राष्ट्रपति र प्रधानमन्त्री जाँदा मात्र मन्दिर सफा गरिन्छ । पछिल्लो समय बजारमा कुन सामानको मुल्य कति रहेको छ भनेर सञ्चारकर्मीहरुले राष्ट्रपति तथा प्रधानमन्त्रीलाई सोधेमा उनीहरुलाई तयो पनि थाहा हुदैँन ।

जिम्मेवारी पदमा बस्ने मानिसहरुले देशको हरेक कुरामा चासो राख्ने र अनुगमन गर्ने हो भने मात्र देशमा विकास हुने गर्छ । तर हाम्रो देशको राष्ट्रपति र प्रधानमन्त्रीहरुलाई जनतासँग जोडिएका कुनै पनि विषयमा ध्यान दिन टाइम छैन । पर्यटक मन्त्री जीवनराम सेष्ठलाई सुरक्षाकर्मी वा गाडले अनुशासन पालना गरेर लाइनमा बस्नुभन्दा उनीले त्यो गाडलाई नै कुट्न खोज्ने वा जेलमा हाल्नु के राम्रो काम हो ।

के जनताको लागि मात्र सबै नियम लाग हन्छ र जनताकै मतदानबाट मन्त्री बन्ने अनि जनतामाथि नै अत्याचार गर्ने , यो कताको नियम हो । यस्ता मन्त्रीहरु देशमा मन्त्री हँदा के देशमा विकास हन्छ । नेपालमा त मन्त्रीहरुलाई चहिन र जनतालाई ऐन लाग्ने गर्छ । पर्यटक मन्त्री भएका सेष्ठलाई देशमा रहेका मठमन्दिरहरुको अवस्थाबारे बुझ्रने फुर्सद छैन तर व्यवसायीहरुसँग कमिशन खाएर उनीहरुको जेपनि माग पुरा गर्न र देशविदेश घुम्न जतिपनि फुर्सद छ ।

एउटा अनुशासन त पालना गर्न नसक्ने मानिस पनि देशको मन्त्री जस्तो पदमा बस्न मिल्छ, यस्ता मन्त्रीले त तुरुन्तै राजिनामा दिनपर्छ । अहिले सरकारले भएका मठमन्दिरहरुको पनि सरंक्षण र पुन निर्माण नगर्दा र नयाँ मठमन्दिरहरु नबनाउँदा जनताहरु पुरानै भत्किन लागेका जोखिमपुर्ण मन्दिरमा गएर पुजा गर्नुपर्ने बाध्यता रहेको छ ।

जनताहरुलाई यस्तो मन्दिरमा जाँदा हामी मर्न पनि सक्छौ भन्ने कुराको केही चासो छैन ,उनीहरुलाई भगवान्को दर्शन गर्न पाए पुग्छ । जनताहरु भगवान्प्रति निकै नै आशावादी रहेका छन् । संस्कृति तथा पर्यटक नागरिक उडड्यन मन्त्री जीवनराम ुसेष्ठले भत्किन लागेका मठमन्दिरहरुको पनि पुन निर्माण नगर्ने र सरकारले मठमन्दिरहरुको मर्मत गर्न छुटाएको बजेट पनि मन्त्री र मन्त्रालयका सचिव मिलेर भ्रष्टाचार गर्ने हुँदा आज हाम्रो देशको ऐतिहासिक मठमन्दिरहरु मासिदैँ गइरहेका छन् । -रुषा थापा

नेपालभरि रहेका मठमन्दिरहरु सबै झिनो अवस्थामा पुगिसकेका छन् । यस्तो मठमन्दिरहरु हेर्न विदेशी पर्यटकहरु पनि नेपाल आउने गर्छन् । नेपालका विभिन्न मठमन्दिरहरु विश्व सम्पदा सुचीमा परेको छ । तर सरकारले हाम्रो देशमा रहेका मठमन्दिरहरुको संरक्षण र मर्मतका लागि कुनै चासो नदेखाउँदा आज कयौँ मन्दिरहरु लथालिंग भएका छन् । २०७२ सालमा आएको भुकम्पले कति मन्दिरहरु भत्कायो भने कति चर्कोयो ।

त्यो भत्केका मन्दिरहरु त सरकारले कति बनायो त कति अहिलेसम्म बनाएको छैन भने ती चर्केका मन्दिरहरुमा अहिलेसम्म सरकारको ध्यान पनि गएको छैन । मठमन्दिरको छेउछाउमा रहेका सरकारी जग्गाहरु अहिले सबै व्यक्तिको नाम गइसकेको छ तर वडा वा नगरले त्यस्ता सरकारी जग्गाहरुको खोजी गर्न कुनै चासो देखाएको छैन ।

कानुन अनुसार विश्व सम्पदा सुसचीमा परेका मन्दिरलाई छेकेर ठुल्लाठुल्ला घरहरु बनाउन पाइदैँन । तर अहिले मन्दिरहरुको छेउछाउमा पाँच तल्लेदेखि दश तल्ले सम्मका घरहरु बनाइएको छ । मन्दिरको अगाडि यसरी ठुल्लठुल्ला घरहरु बनाउँदा मन्दिर नै देखिदैँन । मन्दिरमा पुजा गर्न वा दर्शन गर्न जाने स्वदेशी वा विदेशी भक्तजनहरुलाई त्यहाँ हात धुनका लागि धारा पनि छैन र भएमा पनि पानी आउँदैन ।

पहिलापहिलाका मन्दिरहरु सबै काठले बनाएको हुन्थ्यो जसले गर्दा त्यहाँ परेवा वा चराचुरुंगीहरु बस्न पाउन्थे र पहिलापहिला जनताहरुले बनाएको निजी घर पनि सबै ढुंगा वा माटोले बनाएर कठप्वाल बनाइने गरिन्थ्यो । जसले गर्दा त्यस्ता ठाउँहरुमा चराहरु बस्न पाउन्थे तर अहिले बनेका सबै मन्दिर तथा घरहरु सिमेन्टबाट बनेका छन् जसले गर्दा चराचुरंगीहरु बस्ने पाउँदैनन् । अब सरकारले पशुपन्छीहरुका लागि पनि व्यक्तिले बनाउने घर र मन्दिरहरुमा सबै प्वालहरु राख्नुपर्ने नियम बनाएमा पशुपन्छीहरुलाई पनि बस्ने बासस्थान हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja