लिङदेनद्धारा प्रतिनिधिसभा सदस्य त्याग गरेको घोषणा



पोखरा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य त्याग गरेको घोषणा गरेका छन्  ।

प्रतिनिधिसभाको  आजको बैठकमा विषय समय लिएर बोल्दै लिङदेनले प्रतिनिधि सभाको म्याद लम्बाउन खोजिएको भन्दै प्रतिनिधि सभा सदस्य त्याग गरेको घोषणा गरेका हुन्  । उनले सांसदको रूपमा सदनमा उपस्थित नहुने र आफ्नो नाममा आउने तलब भत्ता सुविधा रोक्न सभामुखसमक्ष आग्रह गरे ।

संसद्को आयु लम्बाउने अनैतिक काममा लाग्न आफ्नो अन्तर आत्माले नमानेको उनको भनाइ छ । त्यस्तै उनले कतिपय नीति निर्माणका क्रममा आफूलाई उपेक्षा गरेको जस्तो महसुस भए पनि संसदमा उपस्थित हुँदा अन्य सदस्यहरूबाट स्नेह र सद्भाव नै पाएको धारणा राखे ।

यो कार्यकालको संसदमा अन्तिम पटक सम्बोधन गर्न लागेको भन्दै उनले आफूलाई रोष्टम प्रयोग गर्न दिन माग गरेपछि सभामुखले रोष्टम प्रयोग गर्न अनुमति दिएका थिए । यसैबीच नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशबारे प्रतिनिधिसभामा जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja