जनताले कहिले पाउँलान् निःशुल्क स्वास्थ्य सेवा



पोखरा

हामीहरु बिरामी भएपछि औषधी किन्नका लागि मेडिकल जान्छौँ । मेडिकलमा औषधी बिक्रीवितरण गर्ने मानिस वा व्यवसायीहरुले हामीलाई चेकजाँच नै नगरी औषधी दिने गर्दछ ।

यसरी चेकजाँच नै नगरी औषधी दिदाँ एक रोग लागेको छ भने व्यापारीले अर्को रोगको औषधी दिने
गर्छ । त्यस्तो औषधी खाँदा बिरामी निको हुनुको साटोमा झन् अर्को रोगको सिकार हुने गर्छ । यस्ता मेडिकलहरु कतीपय त दर्ताबिना नै चलाइरहेको पाइन्छ । सरकारले कति औषधीहरु जनतालाई निःशुल्क रुपमा दिने भनेर निर्णय गरेको छ ।

जनताहरु दिनभरिको बाटो हिडेर सरकारी जनस्वास्थ्य कार्यालयमा जाँदा त्यहाँ निःशुल्क दिने औषधी छैन भनेर खाली हात पठाइन्छ । सरकारद्धारा जनस्वास्थ्य कार्यालयमा जनताको लागि भनेर निःशुल्क पठाएको औषधीहरु त्यहाँका कर्मचारीहरुले जनतालाई नदिई मेडिकलहरुमा लगेर बेच्ने गर्छन् । जनताले तिरेको करबाट सरकारले जनतालाई औषधी निःशुल्क रुपमा दिएको हुन्छ तर यसरी औषधी किन्दा पनि स्वास्थ्य मन्त्री, सचिव वा विभागका महनिर्दैशकहरुले कमिशन खाने गर्छन् ।

साथै यता गरिब जनताका लागि भनेर आएको निःशुल्क औषधी पनि स्वास्थ्य कार्यालयका कर्मचारीहरुले बेचेर पैसा कमाउँछन् । गरिब जनताहरु औषधी नपाएर मरीरहेका छन् तर सरकारी कर्मचारीलाई केही चासो छैन । यस्तो हुँदा पनि सरकार किन अनुगमन गर्दैन । स्वास्थ्य कार्यालयमा सरकारद्धारा आएको निःशुल्क औषधीहरु जनताको हातमा पनि जादैँन र सरकार पनि अनुगमन गर्दैन । जनताले निःशुल्क औषधी पाएनन् भनेर वडाध्यक्ष र मेयर पनि बोल्दैँनन् बरु उनीहरु पनि कमिशनमै फर्किन्छन् ।

आफ्नो वडा वा गाउँपालिकामा सरकारले कति निःशुल्क औषधीहरु पठाएको थियो भनेर न त्यहाँका जनतालाई नै थाहा हुन्छ न सञ्चारकर्मीलाई नै थाहा हुने गर्छ । कर तिर्ने जनता, औषधी किन्ने रकम पनि जनता कै तर त्यो सबै खाने तै सरकारी कर्मचारीहरु । जनताकै मतदानबाट वडाध्यक्षदेखि राष्ट्रपतिसम्म हुने गर्छन् र तलबभत्ता खाएर चिल्लो गाडी चढ्छन् तर जनतालाई भने एउटा सिटामल पनि निःशुल्क नपाएर मरिरहेका छन् । सरकारले जतिसुकै औषधीहरु जनताको नाममा पठाएर पनि ती औषधीहरु जनताले कहिल्यै देख्न पाउँदैँनन् ।

सरकारले जनताको नाममा पठाएको निःशुल्क औषधीहरु स्वास्थ्य क्षेत्रमा आवद्ध सरकारी कर्मचारीले बेचर खाने गर्छन् । उनीहरु जनताले नै तिरेको करबाट तलबभत्ता खाने गर्छन् तर जनतालाई नै निःशुल्क औषधी नदिएर मार्नै गर्छन् । पैसाका निम्ति जनतामाथि यसरी खेलबाड गर्ने गर्छन् । के यस्ता भ्रष्टाचारी वा दलाली कर्मचारीहरुले हामी सरकारी कर्मचारी हौँ भनेर भन्न सुहाउँछ । अहिले गाउँदेखि सहरसम्म र बुढोदेखि बच्चासम्मले नेपालका सरकारी कर्मचारीले आज नेपाल नै डुबायो भनेर भन्ने गर्छन् ।

सहरतिर दश घरको फरकमा मेडिकलहरु भेटिन्छ तर गाउँतिर एउटा वडामा एउटा मेडिकल समेत छैन । के गाउँका मानिस चाहिँ बिरामी हुदैँनन्, के उनीहरु चाहिँ नेपाली नागरिक होइनन् । औषधी बेच्ने मेडिकलहरु नाफा कमाउन सहरतिर केन्द्रित हुन्छन् भने गाउँतिर हुने गर्दैन । अहिलेपनि गाउँमा कोही मानिसलाई ज्वरो आएमा एक दिनको बाटो हिडेर सिटामल किन्न जानुपर्ने बाध्यता रहेको छ । गाउँतिर आजपनि मेडिकल वा आर्थिक कमजोरीका कारण कयौँ मानिसहरु ज्वरोका कारण मरिरहेका छन् ।

गाउँबाट कोही बिरामी बोकेर मेडिकल वा अस्पताल ल्याएपनि ऊसँग पैसा छैन भने अस्पतालले उपचार पनि गर्दैन र औषधी पनि दिदैँन । सरकारी अस्पतालमा पनि बिरामीको पहिला चेकजाँचगर्र्नअघि नै डाक्टर , नर्सले बिरामीलाई पैसा बुझाउनुस भनेर भन्ने गर्छन् । पैसा काउण्टरमा डिपोजिट नगरेसम्म सरकारी अस्पतालमा पनि डाक्टर तथा नर्सले बिरामीलाई छुने गर्दैनन् ।

निजी अस्पतालमा त बिरामी भर्ना गर्र्नअघि नै यो मानिस कतिको धनी छ भनेर सम्पुर्ण जानकारी पत्ता लगाइन्छ । उनीहरु मानिस धनी भएमा भर्ना गर्छन् तर गरिब भएमा बेड छैन वा डाक्टर छैन भनेर फकाउने गर्छन् । निजी अस्पतालहरुले मानिस मरेपनि त्यो मानिसको उपचार भइरहेको बताएर बिरामीको आफन्तसँग पैसा लिने गर्दछ ।

यी अस्पतालहरुमा उपचार गर्न जानुस भनेको आफनो घरखेत नै सिध्याउँनुस हो । पछिल्लो समय निजी अस्पतालहरुको ठगको धन्दा निकै मौलाएकोले जनताको नजरमा निजी अस्पतालहरु ठग हुन् ।

रुषा थापा
भक्तपुर

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja