कक्षा १२ को नतिजा आज सार्वजनिक हुने



पोखरा

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले केहीबेरमा बोर्डको बैठक बस्ने र नतिजा सार्वजनिकको निर्णय हुने जनाए । बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गर्ने व्यवस्था छ ।

बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डले मंगलबारदेखि नै नतिजा सार्वजनिक गर्ने तयारी गरे पनि रुजु गर्न समय लागेको थियो । आज ५ बजेपछि नतिजा सार्वजनिक हुने सम्भावना रहेको अर्यालले बताए ।

परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja