पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विद्येयकप्रति नेपाल भेटेरिनरी एशोसिएसनको आपत्ति



पोखरा

नेपाल भेटेरिनरी एशोसिएसनले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विद्येयक संशोधनका लागि पटकपटक राखेको जायज मागहरुलाई सम्बोधन नगरी बिद्येयक पारित गरिएकोप्रति आपत्ती जनाएको छ । श्रावण ३१ गते प्रतिनिधिसभामा धेरै सतापक्ष तथा प्रतिपक्ष दलका माननीयहरुले राखेका सुझावहरुलाईसमेत बेवास्ता गरी विद्येयक पारित गरेको जनाइएको छ ।

एशोसिएशनका अध्यक्ष डा. केदार राज पाण्डे र सचिव डा राजेश कुमार चौधरीले बुधबार विज्ञप्ति प्रकाशित गरी पशु स्वास्थ्य जस्तो गम्भीर विषयमा विज्ञ र प्राविधिक बीच सामान्य भिन्नता समेत नदेखिने गरी विवादित विषयहरु संबोधन नगरी, परिभाषाहरुमा द्वैध अर्थ लाग्ने शब्दहरु राखी विधेयक पारित गरिएको भन्दै आपत्ति जनाइएको छ ।

विज्ञप्तिमार्फत संघीयता लागु हुँदा हरेक पालिकामा पशु चिकित्सक, पशु विकास अधिकृत, वरिष्ठ पशु चिकित्सक वा वरिष्ठ पशु विकास अधिकृतको दरबन्दी भएका पालिकाहरुमा यथाशीघ्र उक्त पदका लागि योग्य कर्मचारीको माग खुलाउन ध्यानाकर्षण गराउँदै माग सम्बोधन नभएमा जुनसुकै कदम चाल्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja