श्रीलंकाली पूर्वराष्ट्रपति राजापाक्षे स्वदेश फर्किने तयारीमा



पोखरा

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्डबाट स्वदेश फर्किने अन्तिम तयारी गरेको श्रीलंकाका सञ्चार माध्यमहरुले जनाएका छन् ।

टापु देश श्रीलंकाको सबैभन्दा खराब आर्थिक संकटका कारण सरकारविरुद्ध विद्रोहपछि देश छोडेर भागेका राजापाक्षे शनिबार स्वदेश फर्किन सक्ने डेली मिररले जनाएको छ । राजधानी कोलम्बोको राष्ट्रपति भवन र अन्य धेरै सरकारी भवनहरूमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भागेका थिए ।

श्रीलंका एयरफोर्सको विमानमा माल्दिभ्स गएका पूर्वराष्ट्रपति त्यहाँबाट सिंगापुर गएका थिए । उनले १३ जुलाईमा सिंगापुरबाटै राजीनामा पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja