नवौँ राष्ट्रिय खेलकुदका लागि कञ्चनपुरबाट खेलका ४४८ खेलाडी छनोट 



पोखरा

आगामी असोज महिनामा पोखरा हुने नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुर जिल्लाबाट विभिन्न खेलका चार सय ४८ खेलाडी छनोट भएका छन् ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले यहाँ २९ खेलका लागि ती  खेलाडी छनोट भएको बताए । जिल्लाबाट छनोट भएका खेलाडी यही महिनाभित्र सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुनेछन् ।

सुदूरपश्चिमले आगामी राष्ट्रिय प्रतियोगितामा ३१ खेलमा प्रतिस्पर्धाका लागि तयारी गरेको बुझिएको छ । जिल्लामा एक सय ९२ महिला र दुई सय ५६ पुरुष खेलाडी छनोट भएका छन् । समितिले अहिले छनोटमा परेका खेलाडीलाई हप्ता दश दिन बन्द प्रशिक्षणमा राख्ने विषयमा गृहकार्य गरिरहेको छ ।

त्यसैगरी आफूसित उपलब्ध भएका खेलकुद संरचना भएका खेलको प्रदेश छनोट कञ्चनपुरमै हुनुपर्ने खेलकुद विकास समितिले माग गरेको छ । ‘फुटबल, भलिबल, कबड्डी बक्सिङ, कुस्तीलगायत दश खेलको प्रदेश छनोट यतै गर्न प्रदेश खेलकुद परिषद्सँग माग गरेका छौँ ।’ कार्यालय प्रमुख भट्टले भने,  ‘नवौँ राष्ट्रियमा सुदूरपश्चिमबाट सहभागी खेलाडीमध्ये सबैभन्दा बढी कञ्चनपुरले पदक ल्याउनेमा हामी ढुक्क छौँ ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja