गृहमन्त्री खाँण: विपद् व्यवस्थापनमा छुटाइएको रकम शतप्रतिशत सदुपयोग हुनुपर्छ



पोखरा

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले आर्थिक पद्धति र प्रक्रिया तथा प्रचलित कानुनअनुसार विपद् व्यवस्थापनका सन्दर्भमा छुटाइएको रकम शतप्रतिशत खर्च गर्नुपर्ने बताएका छन्।

विपद् व्यवस्थापनका लागि रकमको अभाव हुने र भएका रकम पनि समयमा नै खर्च गर्न नसक्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने उनले बताए।

उनले गत वर्ष विभिन्न भूभागमा बाढी र पहिरोले क्षति गरेको र यस वर्ष पनि केही भूभागमा क्षति पुगेकाले केन्द्रले नै समन्वयन गर्नुपर्ने धारणा राखे। सरकारको व्यवस्थापन कोष भए पनि स्थानीय तहमा प्राविधिक जनशक्ति व्यवस्थापन भई नसकेकाले अन्य निकायसँग समन्वय गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

बैठकमा पाँचथर, उदयपुर, गोरखा, डडेलधुरा, बझाङ्ग लगायत अन्य जिल्लामा मनसुनजन्य विपद्वाट क्षतिग्रस्त भएका अत्यावश्यक संरचनाहरूको तत्का पुन निर्माणका लागि विपद् व्यवस्थापन कोषको बजेट उपलब्ध गराउने सम्बन्धमा छलफल भएको थियो भने खोटाङ र लमजुङ जिल्लामा भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवासहरूको पुन निर्माण सम्बन्धमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja