कक्षा १२ को नतिजा आज साँझसम्म आउने



पोखरा

राष्ट्रिय परीक्षा बोर्डले कुनै प्राविधिक समस्या नआए आज साँझसम्म कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सम्भव भएसम्म आजै प्रकाशन गर्नेगरी तयारी गरिरहेको जनाएको छ ।

नतिजा नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । बोर्डको आफ्नै वेबसाइटमा गएर पनि नजिता हेर्न सकिनेछ । https://neb.ntc.net.np/ मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर हेर्न सकिनेछ । त्यस्तै आईभीआर सिस्टम ल्याण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ ।

त्यसका लागि नतिजा प्रकाशित भएको केही समयपछिबाट मात्रै हेर्न सकिने बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कुनै प्राविधि समस्या नआए आजै नतिजा प्रकाशित गरिने बताए ।

यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनै पर्छ । त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja