कांग्रेसले राख्यो प्रदीप गिरिको स्मृतिमा शोक सभा



पोखरा

नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, सांसद एवम् समाजवादी चिन्तक प्रदीप गिरिको स्वर्गारोहणको तेह्रौँ दिनको अवसरमा राष्ट्रिय सभा गृहमा स्मृतिमा शोक सभा आयोजना गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले सांसद गिरीको १३औँ दिनको तिथिको अवसरमा शोक सभा आयोजना गरिएको जानकारी दिए ।

सभामा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरू सहभागी हुने कार्यक्रम छ । घाँटीको क्यान्सरबाट पीडित नेता गिरिको मेडिसिटी अस्पतालमा उपचारको क्रममा साउन ४ गते राति निधन भएको थियो । ५ साउनमा पशुपति आर्यघाटमा राजकीय सम्मानसहित उनको अन्तिम संस्कार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja