फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार



पोखरा

अर्बुद रोगबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । क्यान्सरविरुद्ध संघर्षरत ८१ वर्षीय उनले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई आश्वस्त पारेका छन् ।

सामाजिक सञ्जालमा श्रीमती मार्सिया आओकीसँग मुस्कुराइरहेको तस्बिर सार्वजनिक गर्दै उनले सबैलाई धन्यवाद भनेका छन । आफ्ना समर्थक एवम् प्रशंसकहरूका स्नेहपूर्ण सन्देशका निम्ति आभार व्यक्त गर्दै उनले आफ्नो स्वास्थ्य राम्रो रहेको र त्यसप्रति आफूले ध्यान दिएको उनले सञ्जालमा उल्लेख गरेका छन् ।

विश्वकप फुटबल प्रतियोगितामा ब्राजिललाई तीन पटक प्रथम स्थानमा पु¥याउन सफल गत वर्षदेखि अर्बुदरोगबाट पीडित छन। उनले शरीरबाट ट्युमर हटाएपछि साओ पाउलोको अस्पतालमा केमोथेरापि गराइरहेका थिए । पिसाब नलीमा सङ्क्रमण देखिएपछि उनी दुई साताभन्दा बढी समय अस्पताल भर्ना भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja