कांग्रेसका नेता पौडेलद्वारा तनहुँ १ बाट उम्मेदवार बन्न आवेदन पेश



पोखरा

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट उम्मेदवार बन्नका लागि आवेदन पेश गरेका छन् ।

कांग्रेस तनहुँले संघीय र प्रदेश सभा सदस्यमा उम्मेदवार बन्न चाहने आकांक्षीका लागि हिजो (आइतबार)देखि नाम दर्ता खुल्ला गरेको छ । पौडेलले आफन्तमार्फत तनहुँको पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । पौडेले आंकाक्षा राखेको क्षेत्रमा केन्द्रीय सदस्य गोविन्द भट्टराईले समेत उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै समानुपातिकतर्फ दलितमा यमुना खड्का विकले नाम दर्ता गराएकी छन् । तनहुँ क्षेत्र नम्बर १ प्रदेश (क) तर्फ प्रत्यक्षमा रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ (गोरा मियाँ) र सरिता गुरुङले नाम दर्ता गराएका छन् ।

समानुपातिकतर्फ कल्पना पोख्रेल, अर्जुनबहादुर अधिकारी, राजकुमार श्रेष्ठ, आशा थापा, सहिदा खातुन, पवित्रा पौडेल, सुशीला शर्मा, ओजराज पौडेलको नाम दर्ता भएको छ ।

जिल्ला सदस्य डम्बर अधिकारीले तनहुँ क्षेत्र नम्बर १ प्रदेश (ख) का लागि तथा समानुपातिकतर्फ रेशम गुरुङ, चिजा श्रेष्ठ, पुष्पादेवी श्रेष्ठ, प्रेमबहादुर गुरुङ र पवित्रा गौलीले आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja