त्रिविको समस्या समाधान गर्न सरकारलाई सभामुखको रुलिङ



पोखरा

सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविको समस्या समाधान गर्न रुलिङको माग गरेका थिए । उनका मागबमोजिम सभामुख सापकोटाले त्रिविमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएका हुन् ।

लामो समयदेखि त्रिविमा लागेको तालाबारे उपकुलपतिसहितको जवाफ मागेका सांसद ज्ञवालीले समस्या समाधानमा सरकारले पहल नगरेको आरोप लगाए । समस्या समाधानका लागि रुलिङ जारी नभएसम्म बैठक चल्न नसक्ने बताउँदै एमालेका सांसद उठेर विरोध जनाएपछि सभामुख सापकोटाले सरकारको नाममा रुलिङ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja