पोखरामा ३५० जनाको स्वास्थ्य परीक्षण



पोखरा

चिनियाँ मेडिकल टिमले आइतबार र सोमबार पोखरामा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शिविरमा १५० जना चिनियाँ मजदुर तथा २०० जना नेपाली गरि ३५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । चिनियाँ मेडिकल टिम चितवनका १४ जना स्वास्थ्यकर्मीले पोखरामा निर्माणधीन विमानस्थल परिसरमा विमानस्थलमा कार्यरत चिनियाँ मजदुर तथा अन्यको स्वास्थ्य पीरक्षण र औषधि वितरण गरिएको थियो ।

शिविरमा चाइना सोसाईटी पोखराको समन्वयमा भएको शिविरमा जिया छिओपिङ, जुनियर परामर्शदाता, सएिमटी नेता÷मुत्र शल्यचिकित्सक, हिवइ मेडिकल विश्वविद्यालयको जेडहङ्गिङको तेस्रो अस्पताल, जुनियर परामर्शदाता न्यूरोसर्जन, हेबेई जनरल अस्पताल मेङ याजिङ, जुनियर कन्सल्टेन्ट, एनेस्थेटिस्ट द सेकेन्ड हस्पिटल अफ हेबे मेडिकल युनिभर्सिटी लिउ हाइसेङ जुनियर कन्सल्टेन्ट, हेमाटोलोजिस्ट द फोर्थ हस्पिटल अफ हेबेई मेडिकल युनिभर्सिटी जेडहङ ह्गमयलन लगायतले स्वास्थ्य परीक्षण एवं परामर्श दिएका थिए ।

शिविरमा जुनियर परामर्शदाता दन्त सर्जन हेबेई मेडिकल युनिभर्सिटीको स्टोमाटोलोजी अस्पताल जिया सोन्गटाओ, रजिस्ट्रार परम्परागत चिनियाँ चिकित्सा, पारम्परिक चिनियाँ चिकित्साको हबेई अस्पताल लिन सियाओमेङ, जुनियर परामर्शदाता हबेई विश्वविद्यालयको स्तन सर्जन सम्बद्ध अस्पताल कुई जिली, जुनियर कन्सल्टेन्ट स्त्री रोग विशेषज्ञ हेबेई युनिभर्सिटी अफ इन्जिनियरिङ्को सम्बद्ध अस्पताल यान फेङ पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja