लमजुङमा बालबालिकाहरूलाई फाइजर खोप लगाउन सुरु 



पोखरा

लमजुङमा बालबालिकाहरूलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउन सुरु भएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका आठवटै स्थानीय तहका ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान सुरु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय लमजुङका अनुसार खोप अभियानका लागि जिल्लाभर ३७० खोप केन्द्र तोकिएको छ । उक्त खोप केन्द्रमार्फत बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा लगाइएको छ ।

खोप अभियानअन्तर्गत ७ गते मंगलबारदेखि १० गतेसम्म विद्यालयमा खोप सेवा प्रदान गरिनेछ । विद्यालय बाहिर रहेका तथा खोप लगाउन छुटेका बालबालिकालाई ११ र १२ गते वडावडामा रहेको स्वास्थ्य संस्थामार्फत खोप सेवा प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

स्वास्थ्य कार्यालयका खोप सम्पर्क व्यक्ति यम बरालका अनुसार अभियानमा जिल्लाभरका ५ वर्षदेखि ११ वर्ष तथा १२ वर्ष उमेर नपुगेका १९ हजार ३३९ जनालाई फाइजर खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेको छ ।

१२ गते सम्म सञ्चालन हुने खोप कार्यक्रमका लागि जिल्लामा १९ हजार ७ सय मात्रा खोप आएको खोप अधिकृत बरालले वताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja