गण्डकी प्रशिक्षण प्रतिष्ठानद्वारा एक वर्षमा १६३ वटा तालिम सम्पन्न



पोखरा

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले एक वर्षमा १ सय ६३ वटा तालिम सम्पन्न गरेको छ ।

उक्त तालिमबाट ६ हजार ८ सय ८७ जनाको क्षमता विकास भएको प्रतिष्ठानको दाबी छ ।  सोमबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन बुझाउँदै प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले उक्त कुरा बताएका हुन् ।

प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीका लागि लामो र छोटो अवधिको तालिम आयोजना गरिएको थियो । उनका अनुसार गण्डकी प्रदेश लोकसेवा आयोगद्वारा प्रदेशअन्तर्गतका कार्यालय र स्थानीय तहका लागि छनोट गरी सिफारिस भएका ८ सय २० जना प्राविधिक कर्मचारीलाई सेवा प्रवेशसम्बन्धी अभिमुखीकरण गरिएको छ ।

गत आवमा तालिम पाएका कास्की, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङका १६ पालिकाका ५३ जना कर्मचारीसँग प्रशिक्षणको प्रभावकारिताकोसमेत प्रतिष्ठानले अनुगमन गरेको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja